top of page

NEPALI PAN

Writer's pictureDEEPENSHA RANA

आँप खादा ख्याल गर्नुस् ! हुन सक्छ यस्तो हानी



फलफूलको राजाको रुपमा आँपलाई लिइन्छ । जसको आजभोली सिजन हो । आँपमा भिटामिन ए, भिटामिन बि जस्ता पोषक तत्व पाइन्छ ।  सीजन भएको समयमा तपाईंले पनि आँप धेरै खाने गर्नु भएको होला ? तर आँप धेरै खाँदा हानी पुग्छ । जसका कारण आँप खानेक्रममा सावधानी अपनाउन जरुरी छ ।  तपाई तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने धेरै आँप सेवन नगरेकै राम्रो । धेरै आँप सेवन गर्दा तौल बढ्छ । एक मध्यम आकारको आँपमा १ सय ३५ क्यालोरी पाइन्छ । यदि वर्कआउट अघि सन्तुलित मात्रामा आँप सेवन गर्नुभयो भने त्यसले फाइदा गर्छ । आँपमा चिनीको मात्रा उच्च हुन्छ । धेरै आँप सेवन गर्दा ब्लडमा सुगर लेभल बढ्छ । यसले खासगरी मधुमेहका रोगीलाई नकारात्मक असर पर्छ । आँपको टुप्पोमा जुन तरल पदार्थ निस्कन्छ, त्यसलाई सफा नगरी सेवन गरियो भने गलामा समस्या हुन सक्छ । साथै यसले ओंठमा पनि समस्या ल्याउँछ । धेरै आँप सेवन गर्दा पाचन प्रक्रियामा पनि असर गर्छ । यसले पेट खराब हुन्छ । भने यसले एलर्जी हुन्छ । धेरै आँप सेवन गर्दा शरीरको तापमान बढ्छ । तपाईले बजारमा पाकेको आप भन्दा काचो आप किनेर घरमा नै पाकेपछि खानुभयो त्यो बढी फाइदाजनक हुन्छ । किनकी आँप पकाउनका लागि त्यसमा क्याल्सियम कार्बाइड मिलाइन्छ । यस केमिकलले स्वास्थ्यमा असर गर्छ ।

0 comments

Comments


  • YouTube Social  Icon
  • Facebook Social Icon
  • Google+ Social Icon

Thanks! Message sent.

bottom of page