मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा : 1-धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने । 2-धेरै तातो र धेरै चिसो नखाने । 3-मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने । 4-हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
5-मुखमा खानेकुरा राखेर नसुत्ने । 6-बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने । 7-बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने । 8-रेसा भएको र पोसिलो खानेकुरा खाने । 9-पानी प्रशस्त पिउने । 10-वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ । 11-नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने । 12-फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने । 13-हरेक ५ महिनामा दाँत जँचाउने । # प्लस टिप्स डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।
Comments